२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

चारदेशीय टी–२० आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपालको वरीयता खस्कियो

काठमान्डौं, ४ वैशाख । हङकङमा यसै साता सम्पन्न चारदेशीय टी–२० आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्किएको छ । नेपाली टोली १ स्थान तल झर्दै १८ औं स्थानमा पुगेको हो । नेपाल आफूभन्दा तल्लो वरीयतामा रहेको कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।

त्यस्तै अलराउण्डर दिपेन्द्रसिंह ऐरी पनि आई.सी.सी. टी–२० आई अलराउण्डर वरीयतामा दोस्रोबाट तेस्रोमा झरेका छन् । हङकङको शृंखलामा राम्रो प्रदर्शन गर्दै उनी शीर्षमा पुग्ने धेरैको अपेक्षा विपरीत उनको वरीयता खस्किएको हो । उनी अब तेस्रोमा इंग्ल्याण्डका लियाम लिभिङस्टोन सँग समान २०९ रेटिङका साथ रहेका छन् । यसैबीच, दीपेन्द्र खस्किंदा अस्ट्रेलियाका मार्कस स्टोइ निस दोस्रोमा उक्लिएका छन् भने भारतका हार्दिक पाण्ड्या शीर्षमा यथावत् रहेका छन् । दीपेन्द्रको रेटिङ २३३ बाट २०९ मा झरेको हो ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस