अमेरिकी पत्रिका टाइमको १ सय प्रभावशाली नेताको सूचीमा बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुस पर्न सफल

काठमान्डौं, ४ वैशाख । अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको यस वर्षको सय प्रभावशाली व्यक्तिको सूचिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुस पर्नु भएको छ । आज अप्रिल १७ मा जारी गरिएको यो वार्षिक सूचीमा राजनीति, विज्ञान, कला र सक्रियताका क्षेत्रहरूसँग सम्बन्धित व्यक्तिहरूलाई राखिएको छ ।
पत्रिकाको यो वार्षिक सूचीलाई नेता, आइकन र टाइटन्स जस्ता धेरै श्रेणीमा विभाजन गरिएको छ । नेताको सूचीमा बेलायती प्रधानमन्त्री केयर स्टारमर र अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि रहनु भएको छ । यसैबीच, यस वर्ष टाइमको यो सूचीमा एक जना पनि भारतीय परेका छैन् । गत वर्षको सूचीमा आलिया भट्ट र साक्षी मलिक पर्नु भएको थियो ।
प्रकाशित मिति : २०८२ बैशाख ५ गते बिहिवार