सरकारको गति र गठबन्धनका दलबीच समन्वय बढाउनु पर्ने, नेपाली कांग्रेसका सभापति देउवा

काठमान्डौं, ४ वैशाख । नेपाली कांग्रेसले ने.क.पा. एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टीका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा सरकारको गति बढाएर गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
गठबन्धन सरकार भन्नेबित्तिकै एउटै दलको मात्र कुरा लागू नहुनेबारे बैठकमा छलफल भएको उहाँको भनाइ रहेको थियो । यसैबीच, प्रवक्ता महतले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले भनेको आधारमा सरकार बन्ने र ढल्ने काम नहुने पनि बताउनुभयो । प्रमुख प्रतिपक्षी दलले सरकार ढलिहालोस् भन्ने कामना गर्नु स्वाभाविक धर्म नै रहेको भन्दै महतले प्रचण्डले भनेको कुरामा टिप्पणी नरहेको तर उहाँले भन्दैमा सरकार ढल्ने र बन्ने कुरा नहुने उल्लेख गर्नुभयो ।