बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६ सय पुग्यो

काठमाण्डौँ, ४ बैशाख । नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको हो ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैपटक ३ हजार ६०० रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार अब १० ग्राम छापावाल सुनको मूल्य नै १ लाख ६३ हजार ४ सय १० रुपैयाँ पर्ने भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ५ गते बिहिवार