२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली मन बेचेको हु बोल को गीत सार्वजनिक

काठमाडौँ, ४ बैशाख । विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली  मन बेचेको हु ’ सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् । गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा  गोविन्द मधुर आचार्य को स्वर रहेको छ भने एरेन्ज रेकर्ड मिक्सिङ हेमराज डाँगीले गरेका हुन् यस गीतमा गणेश डाङ्गी गगनकै  शब्द  संगीत  रहेको छ ।

दाङको  विभिन्न रमनिय ठाउँमा छायांकन गरेको गीतमा  गणेश  डाँगी गगन र  बिमला थापा मगरको अभिनय रहेको छ भने गीतमा निर्देशन गणेश डाँगी गगन आफैले गरेका छन् कोरियोग्राफी सम्पादन र कलरको काम अभिषेक मल्लले गरेका छन् । क्यामरा  जीवराज चौधरीले चलाएका  हुन् भने व्यवस्थापनको रुपमा बिराट योगिले  सहयोग गरेका हुन् ।

गीतको रेकर्ड महक स्टुडियो काठमाडौँमा गरिएको हो भने पोस्ट प्रोडक्सन स्मार्ट फिल्म स्टुडियोले गरेको छ।  मन बेचेको हु ’  बोलको यस गीतमा सुजन रेग्मीले पोष्टर आर्ट गरेका हुन् भने मिडिया सहयोगको रुपमा लक्ष्मीनारायण मिडिया प्राली तुलसीपुर दाङ रहेको छ ।

__हेर्नुहोस उक्त गितको पुरा भिडियो__

प्रकाशित मिति : २०८२ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस