२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा ,भारी वर्षाको पनि सम्भावना

काठमाडौँ, ४ बैशाख । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज कोशी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस