२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको आज पनि काठमान्डौंमा प्रदर्शन

काठमान्डौं, ३ वैशाख । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरूले आज पनि काठमान्डौंमा प्रदर्शन गरेका छन् । सरकारले गरेको आग्रहका बीच पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् । शिक्षकहरूको प्रदर्शनका कारण काठमान्डांैको माइतीघर–बबरमहल सडक अवरुद्ध भएको छ । उनीहरूले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले गाडीको आवगमन प्रभावित भएको हो ।

आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरूलाई काठमाण्डौमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको छ । विद्यालयमा हडताल गरेर शिक्षक कर्मचारीहरूले आन्दोलन गर्दा सरकारी विद्यालयहरूमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एस.ई.ई.को उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि प्रभावित भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस