आज सुनको मूल्य २ हजार ७०० रुपैयाँ बढ्यो

काठमाण्डौँ, ३ बैशाख । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । बुधबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ लाख ९ सय ५५ रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति : २०८२ बैशाख ४ गते बुधवार