मंगलबार सुनको भाउ १ हजार ७ सय सय रुपैयाँले घट्यो

काठमण्डौँ, २ बैशाख । नयाँ वर्षको पहिलो कारोबार भएको दिन आज सुनको भाउ घटेको छ । सुनको भाउ १ हजार ७ सय रुपैयाँले घटेर तोलाको एक लाख ७४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो कारोबार दिन गएको चैत ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ३ गते मङ्गलवार