२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

जापान जानकालागि तुलसीपुरमा खुल्यो हिसा फाउन्डेसन

तुलसीपुर , १ बैशाख । दाङको तुलसीपुरमा अध्ययनकालागि जापान जानेहरुकालागि हिसा फाउन्डेसन सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ०६ स्थित घाेराहि राेडमा सोमबारदेखि उक्त प्रालि सञ्चालनमा आएको हो । साेमबार उक्त प्रालिको उद्घाटन गरिएको हो । नयाँ बर्षको अवसर उक्त प्रालि उद्घाटन गरेका हुन् ।

सविन पुनले उक्त  प्रालि सञ्चालनमा ल्याएका हुन् । जापान जानेहरुको मागलाई मध्येनजर गरि तुलसीपुरमा उक्त प्रालि सञ्चालनमा ल्याएको उनीहरुको भनाई छ । यश हिसा फाउन्डेसनले काठमाडौंमा विगत लामाे समय देखि मुख्य कार्यालयकाे रूपमा जापान अध्ययनका लागि उक्त प्रालि सञ्चालन गरिरहेकाे छ । भने तुलसीपुरमा शाखाको रूपमा स्थापित भएको छ । सविन पुनले बताए ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते सोमवार
प्रतिक्रिया दिनुहोस