२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

तीनकुने घटनाका बारेमा पूर्वराजाको जवाफ देहिता खोज्दै ने.क.पा. एमाले, एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’का रूपमा सम्मान गर्दै

काठमान्डौं, १ वैशाख । ने.क.पा. एमालेले चैत १५ गतेको राजावादी आन्दोलनका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाह जवाफदेही हुनुपर्ने बताएको छ । उक्त आन्दोलनका क्रममा भएका हिंसाका घटनाहरु योजनावद्ध भएको ठहर पनि एमालेको बैठकले गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले यस्तो ठहर गरेको हो । वैठकपछि पत्रकारसँग बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले तीनकुनेको आन्दोलनलाई जनअसन्तुष्टि भन्न नमिल्ने बताउनु भयो । यसैबीच, ने.क.पा. एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरुमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमान्डौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) रहनुभएको छ । त्यस्तै पार्टीले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते सोमवार
प्रतिक्रिया दिनुहोस