२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

घट्न थालेको सुनको मूल्य फेरि बढ्न थाल्यो

काठमाण्डौँ, १ बैशाख ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले चैत २१ मा सुनको मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस मूल्य ३ हजार १ सय ४८ डलर थियो । यसअनुसार महासंघले स्थानीय बजारका लागि प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ तोक्यो । यो मूल्य इतिहासकै उच्च थियो ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको आर्थिक, राजनीतिक उथलपुथल र मूल्य उत्कर्षमा पुगेपछि सुनको मूल्य घट्न थाल्यो । चैत २६ मा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन ३ हजार डलर कायम भयो । महासंघले स्वदेशी बजारका लागि प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँ तोक्यो । तर चैत २७ देखि मूल्य फेरि लगातार बढ्न थालेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते सोमवार
प्रतिक्रिया दिनुहोस