आई.सी.सी. १९ वर्षमुनिको विश्वकप क्रिकेट एशिया छनोटको पहिलो खेलमा नेपाल विजयी

काठमान्डौं, १ वैशाख । आई.सी.सी. १९ वर्षमुनिको विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । मूलपानी मैदानमा हिजो भएको खेलमा नेपालले यू.एई.लाई डी.एल.एस. मेथडका आधारमा ५ रनले हराएको हो । नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको यू.एई.ले ३६ ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको अवस्थामा खेल खराब प्रकाशका कारण रोकिएको थियो । त्यसपछि खेल शुरू हुन नसकेपछि नेपाल डी.एस.एल. मेथडका आधारमा विजयी भएको हो ।
यू.एई.का यकिन किरन रे ले नटआउट १ सय ४ रन बनाएका थिए । नेपालका सन्तोष यादव र अशोक धामीले २÷२ विकेट लिएका थिए । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको थियो । केही दिनदेखिको वर्षाका कारण मैदान चिसो भएका कारण ढिलो शुरू भएको खेल ४० ओभरमा झारिएको थियो ।
प्रकाशित मिति : २०८२ बैशाख २ गते सोमवार