गएको वर्ष २०८१ सालमा विपद्जन्य घटनामा ७ सय ४५ जनाको ज्यान गयो

काठमान्डौं, १ वैशाख । गएको २०८१ सालमा भएका विपद्जन्य घटनामा ७ सय ४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वर्षमा ८ हजार ८ सय ६१ वटा विपद्का घटना भएकामा ७ सय ४५ जनाको ज्यान गएको हो । ती घटनामा परी ६९ जना बेपत्ता भएका र १ हजार ७ सय २ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो । १ वर्षमा विपद्का कारण १८ हजार ९ सय ९१ घरपरिवार प्रभावित भएका छन् । यसैबीच, कुल ३ अर्ब १३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै पहिरोका कारण ३ सय ५१ जनाको ज्यान गएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २ गते सोमवार