२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

आज वि.स. २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन, देशभरि एकआपसमा शुभ कामना आदानप्रदान गरी मनाइँदै

काठमान्डौं, १ वैशाख । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभरि एकआपसमा शुभ कामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।

हरेक वैशाख १ गते शुरु हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । त्यसैगरी, बितेको वर्ष राजनीतिमा उतारचढाव, भ्रष्टचारका काण्डहरूको चर्चा र छानबिन लगायतका कारण २०८१ साल विशेष वर्ष बनेको छ । नेपालको संसदीय इतिहासमा पहिलोपल्ट पहिलो र दोस्रो ठूलो दल मिलेर बितेको असार ३० गते ने.क.पा. एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको थियो ।

संसद्को पहिलो र दोस्रो दल मिलेपछि प्रतिनिधिसभामा बलियो बहुमतमा रहेको छ । तर राष्ट्रियसभाका कारण सरकारलाई आफूले ल्याएको अध्यादेश पारित गर्न हम्मेहम्मे भएको थियो ।यसैगरी, पुस र माघमा ल्याएका ६ वटा अध्यादेशमध्ये एउटा निष्क्रिया भएको छ । बाँकी ५ वटा पनि अन्तिम समयमा बल्ल बल्ल कानूनमा रूपान्तरण भएका छन् ।

सङ्घीय संसद् र प्रदेशसभाले आफ्नो आधा कार्यकाल बिताइसके पनि बनाउनुपर्ने कानूनको चाङ लामो रहेको छ । २०८१ साल सङ्घीय संसद्देखि प्रदेशसभासम्मै विधायिकी कामभन्दा सरकार गठन र विघटनको विवादमा अलमलिएका छन् । दुई ठूला दल मिलेर बनेको सरकारलाई पनि नागरिकको चाहना र भावना अनुसार काम गर्न गाह्रो भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते सोमवार
प्रतिक्रिया दिनुहोस