२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि कुवेतलाई, नेपाल ३ रनले पराजित

काठमान्डौं, ३१ चैत । चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ । आज कुवेतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा १ सय ७१ रन बनाउँदा सबै विकेट गुमाएको थियो । नेपालका बसिर अहमदले ८०, नन्दन यादवले ३७ रन बनाएका थिए । नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थामा नवौं विकेटका बसिर र नन्दनले ७२ रनको साझेदारी गरेका थिए ।

त्यसअघि हङकङको मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । कुवेतका रविजा सान्दरु वानले ६३ रन बनाएका थिए । नेपालका सोमपाल कामी र नन्दन यादवले २÷२ विकेट लिएका थिए । प्रतियोगितामा नेपाल शीर्ष र कुवेत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए । यस्तै आजै तेस्रो स्थानका लागि भएको खेलमा हङकङले कतारलाई १ रनले हराएको छ । हङकङले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रनमात्र बनाउन सकेको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख १ गते आइतवार
प्रतिक्रिया दिनुहोस