२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

विद्यालय शिक्षा विधेयकका ९१ वटा दफामा सहमति जुट्यो

काठमान्डौं, ३१ चैत । विद्यालय शिक्षा विधेयकको ९१ वटा दफामा सहमति जुटेको छ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिमा ९१ वटा दफामा सहमति जुटेको हो । दफावार छलफल गर्दै सहमति खोज्दै अघि बढिरहेको प्रतिनिधिसभा सदस्य तथा उपसमिति सदस्य सरिता भुसालले जानकारी दिनु भयो । १ सय ६३ दफा रहेको विधेयकमा अब ७२ दफामा सहमति जुट्न बाँकी रहेको छ । विधेयकमा धेरै संशोधन वपन परेका छन ।

त्यस्तै सातै प्रदेशबाट आएका सुझावहरू समेट्नुपर्ने अवस्था रहेको छ । शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौं केन्द्रीत आन्दोलन चर्काइरहेका बेला उपसमितिले छलफललाई तिब्रता दिएको हो । भोलि नयाँ वर्ष भएकाले भोलिको छलफल नराखिएको भुसालले बताउनु भयो। उपसमितिले नीजि विद्यालय र शिक्षकहरूको सवालमा उच्च तहमा सहमति खोज्ने भन्दै ती विषयमा छलफल अघि बढाएको छैन् ।

प्रकाशित मिति : २०८२ बैशाख १ गते आइतवार
प्रतिक्रिया दिनुहोस