२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

यातायात व्यवसायको सुरक्षामा सरकार कटिबद्ध, गृहमन्त्री लेखक

काठमान्डौं, ३१ चैत । गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायको सुरक्षा र सहकार्यमा सरकार कटिबद्ध रहेकोे बताउनुभएको छ । बाराको सिमरामा आयोजित तराई यातायात व्यवसायी संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो बताउनु भएको हो । मन्त्री लेखकले यातायातको क्षेत्र मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएर ठुलो लगानी मार्फत देशमा रोजगारी सृजनादेखि अनेकौ योगदानमा सहभागी भएकाले सरकारले यातायातसँगै अन्य निजी क्षेत्रका व्यवसायीसंँग मिलेर अर्थतन्त्रलाई बलियो बनाउन सहकार्यको आव्हान गरेको बताउनुभयो ।

उहाँले सम्पूर्ण निजि यातायात क्षेत्रको सुरक्षा सरकारले गर्ने पनि बताउनुभयो । त्यस्तै यातायात व्यवसायीले पनि देशलाई समृद्ध बनाउन इमान्दारीका साथ योगदान गर्न कार्यक्रममा पटक पटक आव्हान गर्नुभयो । वर्तमान अवस्थामा सडक दुर्घटनासहित साइबर क्राइम, लागु औषध र आत्महत्या गरी ४ वटा मुख्य सुरक्षा चुनौती रहेकाले यसलाई नियन्त्रण गर्न सरकारले आफनो प्रयास जारी राखे पनि निजी क्षेत्रले सहयोग गरे मात्र सरकारको प्रयास सम्भव रहने लेखकको भनाइ रहेको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख १ गते आइतवार
प्रतिक्रिया दिनुहोस