नेपाली काँग्रेस नेतृत्वको सरकार बन्न सक्ने, ने.क.पा.माओवादी केन्द्रका अध्यक्ष दाहाल

काठमान्डौं, ३१ चैत । ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्ष प्रवेशसँगै नयाँ सरकार गठनको आधारहरू बनेको दाबी गर्नुभएको छ । आज गृहजिल्ला चितवन पुग्नुभएका दहालले पत्रकारहरूसँगको कुराकानीमा उहाँले अब काँग्रेस नेतृत्वको सरकार बन्न सक्ने संकेत गर्नु भएको हो ।
पत्रकारले नयाँ वर्षमा नयाँ सरकारको सम्भावना के छ ? भनेर सोधेका थिए । जवाफमा उहाँले सरकारतिर आफ्नो पार्टीको ध्यान नरहे पनि परिस्थितिले त्यतातिर डो¥याएको टिप्पणी गर्नु भएको थियो । यसैबीच, ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष दाहालले परिस्थिति निकै गम्भीर र पेचिलो बनेको पनि उल्लेख गर्नुभयो ।
प्रकाशित मिति : २०८२ बैशाख १ गते आइतवार