२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

हङकङमा जारी टी-२० आई सिरिजमा नेपालले १७५ रनको लक्ष्य पायो

काठमाण्डौँ, ३१ चैत्र ।  हङकङमा जारी हङकङ टी-२० आई सिरिजको उपाधि जित्नका लागि नेपालले कुवेतबाट १७५ रनको लक्ष्य पाएको छ । मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेठ गुमाएर १७४ रन बनाएको थियो । कुवेतका लागि ओपनर राजिभा सान्दारुवानले सर्वाधिक ६३ रन बनाए । उनले ३६ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै अर्का ओपनर क्लिन्टो अन्टोले १४ बलमा २६ र उस्मान पटेलले १५ बलमा २३ रन जोडे । मिट भवसारले ८ बलमा १६ रन बनाए ।

नेपालका लागि बलिङमा सोमपाल कामीले ४ ओभरमा २६ रन खर्चेर तथा नन्दन यावदले ४ ओभरमा ३४ रन खर्चेर समान २ विकेट लिए । करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए । क्लिन्टो अन्टोलाई पाँचौ ओभरमा आउट गर्दै कुवेतको ओपनिङ साझेदारी तोडेका नन्दनले सातौं ओभरमा मिभ भवसाराई आउट गर्दै व्यक्तिगत र टिमको लागि दोस्रो विकेट लिएका थिए । कुशल भुर्तेलले १२ औं ओभरमा उस्मान पटेललाई बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाए ।

प्रकाशित मिति : २०८२ बैशाख १ गते आइतवार
प्रतिक्रिया दिनुहोस