२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

नयाँहरुको चरित्र राम्रो नभएकाले पछाडि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

काठमान्डौं, ३० चैत । प्रधानमन्त्री तथा ने.क.पा. एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँका नाममा भइरहेको हल्लाका पछि नलाग्न आग्रह गर्नुभएको छ । आज दमकमा भएको ने.क.पा. एमालेको जनजागरण सभालाई सम्बोधन गर्नुहुर्दै उहाँले नयाँका नाममा आएकाहरु कोही सहकारी ठग त कोही साहुमारा भएको बताउनु भयो ।

उहाँले उनीहरुको असली अनुहार चैत १५ गते देखिइसकेको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले नयाँको हालत देखिएको र उनीहरुको पछाडि लाग्न नहुने बताउनु भयो । देश अहिले अस्थिरताबाट हटेर स्थिरतातर्फ लम्किएको उहाँको भनाइ रहेको थियो । प्रधानमन्त्री ओलीले अब नयाँ बजेट बनाउने बेला भएकाले अहिलेको आवश्यकता अनुसार नीति र योजना आउने बताउनु भयो । उहाँले बजेट बनाउँदा किसानको समस्या र सुकुमबासी समस्या कसरी समधान गर्ने भनेर विचार पु¥याइने समेत उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस