टी–२० शृङ्खलामा हङकङसँगको खेलमा नेपालले पहिले बलिङ गर्दै

काठमाण्डौँ, ३० चैत्र । हङकङमा भइरहेको चारदेशीय टी–२० शृङ्खलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली हङकङ खेल्दै छन् । हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा टस जितेर नेपालले पहिले बलिङ रोजेको छ । दोस्रो र तेस्रो स्थानको लागि भोलि आइतबार खेल हुनेछ ।
प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा नेपालको ४ अङ्क छ । यसअघि आज बिहान भएको खेलमा कुवेतले कतारलाई हराएर नेपालसँग अङ्क बराबर गरेको छ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच भोलि फाइनल खेल हुनेछ ।
प्रकाशित मिति : २०८१ चैत्र ३० गते शनिवार