२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नु पर्ने : डा.शेखर कोइराला

काठमाण्डौँ, ३० चैत्र ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको दोहो¥याउनु भएको छ । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले आफूले पटकपटक दोहोर्याएको बताउँदै फेरि स्मरण गराउनु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवासँगै रहेका कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नु पर्ने बताउनुभएको छ  ।

उहाँले कांग्रेस–एमाले गठन हुँदा भएको संविधान संशोधनको विषयलाई पनि उठाउनु भएको छ  । संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताउँदै ढिला नगर्न सुझाव दिनु भएको छ  । उहाँले सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा लिइएको भए पनि यो दुवै नभएको र दण्डहीनता बढिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस