आजको राशिफल : मिति २०८१ चैत ३० शनिबार

मेष राशि –आज स्वास्थ्य, शत्रु र ऋण सम्बन्धी कुरामा ध्यान दिनुपर्नेछ। मिहिनेतले सफलता पाउनुहुनेछ। मन अलिक चञ्चल रहन सक्छ।
वृष राशि –प्रेम र सन्तान सम्बन्धि खुशी मिल्ने दिन। पढाइ वा सिर्जनशील काममा मन जानेछ। रमाइलो समय बित्नेछ।
मिथुन राशि –घर-परिवारको सुखमा वृद्धि हुनेछ। माताको माया पाइनेछ। जग्गा, घरजग्गासम्बन्धी काम सफल बन्नेछ।
कर्कट राशि –भाइबहिनी वा साथीहरूको सहयोग मिल्नेछ। छोटो यात्रा लाभदायी बन्न सक्छ। आत्मबल र हिम्मत बढ्ने दिन।
सिंह राशि –बोलीको मिठासले फाइदा मिल्नेछ। पैसाको आगमन देखिन्छ। परिवारसँग मिठासपूर्ण समय बित्नेछ।
कन्या राशि –आज आफैंप्रति विश्वास बढ्नेछ। मनको चाहना पुरा हुने संकेत। शरीर र स्वास्थ्य राम्रो रहनेछ।
तुला राशि –खर्च बढी देखिन्छ। विदेश सम्बन्धी काम बन्ने योग। ध्यान र योगमा मन लगाउनु लाभदायी।
वृश्चिक राशि –इच्छा र आकांक्षा पुरा हुने दिन। साथीसंगीको सहयोग पाइनेछ। धनलाभ र प्रतिष्ठा बढ्ने दिन।
धनु राशि –काम-काजमा सफलता। समाज र कार्यक्षेत्रमा सम्मान मिल्नेछ। उच्च पद वा जिम्मेवारी पाउने सम्भावना।
मकर राशि –भाग्य खुल्ने संकेत। धार्मिक काममा मन जानेछ। गुरुजन वा ठूलाबडाको साथ पाइनेछ।
कुम्भ राशि –स्वास्थ्यमा ध्यान दिनुहोला। गोप्य शत्रु सक्रिय हुन सक्छन्। परिवर्तनको सुरुवात देखिन्छ।
मीन राशि –पति-पत्नी सम्बन्ध राम्रो हुनेछ। साझेदारी वा व्यापारमा लाभ देखिन्छ। प्रतिष्ठा बढ्ने छ ।
माधवा शर्मा ज्योतिषाचार्य एवं वास्तु विद् । सचिव नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाई जेसिस चोक दाङ । 9848060799