२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्रलाई सोधपुछका लागि बोलाउन प्रस्ताव

काठमान्डौं, २९ चैत । नेपाली कांग्रेसका सांसद जीवन परियारले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे सोधपुछ गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रस्ताव गर्नुभएको छ । आज सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितको बैठकमा बोल्दै सांसद परियारले यस्तो प्रस्ताव राख्नु भएको हो ।

पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्नता भए नभएकोबारे सोध्नुपर्ने उहाँको भनाइ रहेको थियो । यसैबीच, उहाँले गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट फर्किने क्रममा नागरिकले गरेको स्वागत समेत आवश्यक नरहेको टिप्पणी गर्नुभयो । सांसद परियारले तीनकुने घटनाबारे पूर्वराजा शाहले एउटा नागरिकको हैसियतले पनि यस्तो घटना गराउन नपाउने समेत बताउनु भयो ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस