रुसमा चार जना स्वतन्त्र पत्रकारलाई छ वर्ष जेल सजायको माग, ‘अतिवादी समूहमा भाग लिएको’ आरोप

काठमान्डौं, २९ चैत । रुसी अभियोजन कर्ताहरूले विपक्षी नेता एलेक्सी नाभाल्नीको सङ्गठनलाई सहयोग गरेको आरोपमा चार जना स्वतन्त्र पत्रकारलाई छ वर्षको जेल सजायको माग गरेका छन् । मस्कोले सन् २०२२ को युक्रेन आक्रमण सुरु गर्नुभन्दा केही समयअघि नै नाभाल्नीको सङ्गठनलाई ‘अतिवादी’ भन्दै प्रतिबन्ध लगाएको थियो । गत वर्ष आर्कटिक जेलमा नाभाल्नीको मृत्यु भएपछिपनि उनीहरूसँग सम्बन्ध रहेको ठानिएका जो कोहीमाथि पनि कारबाही जारी राखेको छ ।
युक्रेनमा सेना पठाएपछि रुसले रूसी सङ्घ, सङ्गठन वा समूहहरूलाई सोभियत कालको उत्तरार्धसँग तुलना गर्न प्रतिबनध गरेको छ ।पत्रकार एन्टोनिना क्राभत्सोभा, कोन्स्टेन्टिन गाबोभ, सर्गेइकारे लिन र आर्टेम क्रिगर माथि ‘अतिवादी समूहमा भाग लिएको’ आरोप लागेको छ । अभियोजन कर्ता नादेज्दा तिखो नोभाले ती सबैलाई पाँच वर्ष ११ महिना जेल सजायको माग गरेको मस्कोको नागाटिन्स्की अदालतले जनाएको छ । यस्तो कसुरमा बढीमा छ वर्षको जेल सजाय हुने गर्दछ ।