२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने, युवा तथा खेलकुद मन्त्री चौधरी

काठमान्डौं, २९ चैत ।  आगामी वर्षको जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने तय गरिएको थियो । आज युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद जेठमा नहुने निर्णय सुनाउनु भएको हो । यो आर्थिक वर्षमा दशौँ राष्ट्रिय खेलकुद नहुने जानकारी गराएको बोर्डका एक सदस्यले जानकारी दिनुभयो ।

वि.स.२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन अवसरमा दुई वर्षपछि २०८१ मंसिरमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो । तर भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा खेलकुद हुन सकेन र पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो । आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पु¥याइएको थियो । अब जेठमा पनि नहुने भएपछि दशौँ राष्ट्रिय खेलकुद यो आर्थिक वर्षमा टरेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस