वनस्पति दिवसको अवसरमा सल्यानमा पत्रकार केसी र चलाउने सम्मानित

सल्यान । जैविक विविधताको संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सल्यानमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनस्पति विभागको ६५ औं वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसरमा मुलपानी वनस्पति अनुसन्धान कार्यालय सल्यानले सम्मान गरेको हो । कार्यालयले झन्डै एक दशक देखी पत्रकारितामा सक्रिय लेकाली अनलाइनका सम्पादक खकेन्द्र केसी र कान्तिपुर टेलिभिजन सल्यान संवाददाता सरिता चलाउनेलाई सम्मान गरेको हो ।
स्थानीय तहदेखि राष्ट्रिय स्तरका मुद्दा उजागर गर्दै आएका पत्रकार केसी र चलाउनेले जैविक विविधता, वातावरण संरक्षण, द्वन्द्वपीडित समुदाय, महिला र ग्रामीण सरोकारका विषयमा निरन्तर रिपोर्टिङ गर्दै आएका छन्। कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले उनिहरुलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
कार्यालयका प्रमुख डा. मित्र पाठकको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेल, वडा ३ का वडाध्यक्ष्य प्रदिप खडका, जिल्ला आयुर्बेद अस्पताल सल्यानका प्रमुख डा. सम्झना जिसि लगायतको उपस्थिती रहेको थियो ।