२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

सल्यानकाे सल्लीबजारबाट लागुऔषधसहित २ जना पक्राउ

सल्यान

सल्यानकाे सल्लीबजारबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे.१ ख ४००८ नम्बरको एस एम एलको गाडी जाँच गर्ने क्रममा बिहिवार दिउँसो लागुऔषध सहित २ जनालाई पक्राउ गरेको हो ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ की ३८ वर्षीया भुमा बुढाथोकी र सुर्खेत सिम्ता गाउँपालिका–४ का ६५ वर्षीय भद्रबहादुर सिंह रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरी टोलीले सल्लिबजारमा गाडी रोकी जाँच गर्दा बुढाथोकीको झोलामा लागुऔषध जस्तो देखिने कालो पदार्थ फेला पारेको बताइएकाे छ । करिब ३ किलोग्रामकाे लागुऔषध झाेला भित्र हरियाे रंगकाे गेलेनमा राखिएको अवस्थामा उनिहरुलाइ पक्राउ गरिएकाे हाे ।

पक्राउ परेका सिंह पनि घटनासँग संलग्न भएको प्रहरीकाे दाबी छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि केशर कुमार न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस