२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको ढोकासम्म पु¥याउन जरुरी, प्रधानमन्त्री ओली

काठमान्डौं, २८ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भर अर्थतन्त्रदेखि समृद्धिसम्मको चर्चा गर्नुभएको छ । आज नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको ढोकासम्म पु¥याउन जरुरी रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको लगानीलाई सरकारले सुरक्षा गर्ने बताउनुभयो । उद्योग, व्यवसायमा निजी क्षेत्रले गरेको लगानी राष्ट्रको सम्पतीमा गणना हुने भएकाले सरकारले निजी क्षेत्रको लगानीलाई सुरक्षण गर्ने बताउनुभयो । कृषि जीविकामुखी भनिएपनि अहिले अहिलेको कृषि प्रणालीबाट जिविका पनि नचलेको बताउँदै परम्परागत शैलीहरुमा फेरबदल आउनुपर्ने ओलीले बताउनुभयो । 

प्रधानमन्त्री ओलीका अनुसार नयाँ–नयाँ उद्योगहरु स्थापना गरेर आयातलाई घटाउन र अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ लग्नु पर्दछ  । प्रधानमन्त्री ओलीकाअनुसार बिहान उठ्ने बित्तिकै नेपालमै बनेको दन्तमञ्जन लगाउने, नेपाली साबुनले हात धुने, नेपाली साबुन, स्याम्फुले नुहाएर सफा बन्ने वातावरण बन्नुपर्छ । प्रधानमन्त्री ओलीले कृषि प्रविधिमा सबैभन्दा धेरै ध्यान दिन जरुरी रहेको समेत बताउनुभयो । 

प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस