रमेश परियारको माया नै माया छ सार्बजनिक

काठमान्डौं, २७ चैत । रमेश परियारको शब्द तथा संगीतमा माया नै माया छ हाम्री मान्छे राम्री मान्छे लाई गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक उक्त गितमा चर्चित गायक/ गायिका मेलिना राई र अमृत सापकोटाको स्वर सुन सकिन्छ। जसमा बिस्वास नेपालको संगीत संयोजन त्यस्तै गितमा बिनोद परियारले ध्वनि सम्पादनको काम गरेका छन् ।
अजय रेग्मीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको भिडियो सम्पादन त्यस्तै , प्रशान्त मगरले कोरियोग्राफी गरेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । गितमा गोबिन्द भट्टराई,गीता ढुंगाना,कमला घिमिरे लगायतको अभिनय देख्न सकिन्छ । जुन गितको भिडियो बिशाल इन्टरटेनमेन्ट नामको युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।
__हेर्नुहोस उक्त गितको पुरा भिडियो__
प्रकाशित मिति : २०८१ चैत्र २७ गते बुधवार