२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको पक्राउविरुद्ध पार्टीद्धारा मानव अधिकार आयोगमा निवेदन दर्ता

काठमान्डौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई प्रहरीले गरेको पक्राउबारे छानबिन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरेको छ । 

आज पार्टीले काठमान्डौंमा पत्रकार सम्मेलन गरी सभापति लामिछानेको पक्राउ गैरकानूनी र मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै आयोगमा निवेदन दिएको जानकारी गराएको हो । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति लामिछानेको पक्राउ अस्वभाविक र राज्यको गैरकानूनी हर्कत भएको बताउनुभयो । 

उहाँले बिना अनुमति हातहतियारसहित प्रहरीको ठूलो संख्या सभापति लामिछानेको शयन कक्षसम्म पुग्नु असभ्यताको पराकाष्ठा भएको बताउनुभयो । लामिछानेले आफैँ गिरफ्तारी दिने बताए पनि प्रहरीले धरपकड र जबरजस्ती बल प्रयोग गरेको बताउनुभयो । उहाँले प्रहरीले मृत्युदण्डको समयमा सोधिने अन्तिम इच्छा के छ जस्ता असामान्य र आपत्तिजनक प्रश्नहरु गरेको बताउनुभयो । 

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस