सरकारले म्यानमार सरकारलाई करिब २७ टन बराबरको राहत सामाग्री दिदैं

काठमान्डौं, २७ चैत । सरकारले म्यानमार सरकारलाई करिब २७ टन बराबरको राहत सामाग्री सहयोग गर्ने भएको छ । आज नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरु सहितको टोलीले म्यानमार सरकारलाई करिब २७ टन बराबरको राहत सामाग्री सहयोग गर्ने भएको हो । त्यसका लागि आज राति नेपाली प्रतिनिधि मण्डल म्यानमार प्रस्थान गर्नेछ ।
नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुले सहभागिता जनाउने र म्यानमारमा राहत सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री डा. आरजु राणाले बताउनुभयो ।
म्यानमारमा गत शुक्रवार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट ३ हजार बढीको मृत्यु भएको छ । भूकम्पबाट क्षतिग्रस्त म्यानमारलाई सरकारले आवश्यक परेका सामग्रीहरुको सूचि माग गरेको थियो । म्यानमारले उपलब्ध गराएको सूचिअनुसार खाद्यान्न, औषधिहरु, मेडिकल टिमहरु रहेको र आवश्यक राहत सामग्री उलब्ध गराउन लागिएको बताउनुभयो । यसअघि नेपाली सेनाको चिकित्सकको टोली भने म्यानमारमा गइसकेको छ ।