२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

बुधबार सुनको मूल्य २ हजार रुपैँयाले बढ्यो

काठमाण्डौँ, २७ चैत्र ।  नेपालमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार रुपैयाँले बढेको हो । महासंघले जारी गरेको मूल्यसूची अनुसार सुनको प्रतितोला मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो ।

यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँ रहेको छ । मंगलबार यो मूल्य १ हजार ८ सय ३० रुपैयाँ थियो । चैत महिनामा गत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । सो दिन चाँदीको मूल्य प्रति तोला १ हजार ९ सय ९५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस