दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं पक्राउ

काठमाडौँ, २६ चैत्र । दुर्गा प्रसाईंका दाई राकेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोधपुछको लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताउनु भयो । चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनको नेतृत्व गर्ने दुर्गा प्रसाईं फरार छन् ।
सोधपुछ गरेपछि राकेशलाई मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने एसएसपी अधिकारीले जानकारी दिनुभयो । दुर्गा प्रसाईं र नवराज सुवेदीका नेतृत्वमा भएको प्रदर्शनमा दुईजनाले ज्यान गुमाएका थिए । सो प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार