सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने जेल चलान

काठमान्डौं, २५ चैत । सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जेल चलान हुनुभएको छ ।
आज प्रहरीले जिल्ला अदालत उपस्थित गराएपछि लामिछानेलाई जिल्ला कारागार पठाइएको रूपन्देही प्रहरी प्रमुख एस.पी. रञ्जितसिंह राठौरले जानकारी दिनुभयो । उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ गते जिल्ला अदालत, रुपन्देहीको निर्णय उल्टाएर थुनामा पठाउने आदेश दिएको थियो । शुक्रवार आदेश आए लगत्तै प्रहरीले लामिछानेलाई काठमान्डौंबाट पक्राउ गरी भैरहवा पु¥याइएको थियो ।
लामिछाने पक्राउ परेपछि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले प्रहरीले उहाँलाई हिरासतमै राखेको थियो । जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । आज त्यो आदेश खारेज भएको छ । रुपन्देहीको सुप्रिम सहकारीबाट लामिछाने सहित ४२ जनाले ५५ करोड रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दायर भएको थियो ।