२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द,  दुई दर्जन बढी व्यवसायीक संस्थाहरुद्धारा महानिर्देशक अधिकारीलाई कारबाहीको माग

काठमाण्डौँ, २५ चैत्र ।  भैरहवाको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द भएपछि रुपन्देहीका दुई दर्जन बढी व्यवसायीक संस्थाहरुको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारवाही गर्न माग गरेको छ ।

अप्रिल १ देखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिएको छ । मार्च २९ अर्थात गत चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता सुनसान छ ।

महानिर्देशक अधिकारीले पटकपटक दिएका नकारात्मक र आपत्तिजनक अभिव्यक्तिले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउन नसकेको भन्दै सञ्जालले कारवाहीको माग गरेको हो । भैरहवामै केही महिना अघि आयोजित एक कार्यक्रममै अधिकारीले गौतमबुद्ध विमानस्थल चल्न नसक्ने आशयको अभिव्यक्ति दिनु भएको थियो । विदेशी एयरलाइन्स कम्पनीहरूले उडानलाई निरन्तरता नदिँदा लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरू निराश भएका छन् ।

रुपन्देहीका दुई दर्जन बढी व्यवसायीक संस्थाहरुको समूह सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवाली र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै रुपन्देही जिल्लामा रहेका उद्योगी,व्यवसायी, पर्यटन व्यवसायीले अधिकारीले पटकपटक दिएका नकारात्मक अभिव्यक्तिकै कारण उडान बन्द हुन पुगेको भन्दै आपत्ति र भत्र्सना गर्दै यथाशिघ्र कारबाहीको माग गरेका छ ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस