आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो

काठमाण्डौँ, २५ चैत्र । सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको छ । चैत २१ गते सुनको भाउ तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार