२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

नेपाल विद्युत् प्राधिकरणको पूर्वकार्यकारी निर्देशक घिसिङका समर्थकहरूद्धारा प्रदर्शन

काठमान्डौं, २४ चैत । कुलमान घिसिङका समर्थकहरूले काठमान्डौंमा प्रदर्शन गरेका छन् । घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै समर्थकहरूले आज काठमाण्डौको माइतीघर मण्डलीमा प्रदर्शन गरेका हुन् । सरकारले गएको चैत ११ गते कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध घिसिङ सर्वोच्च अदालत पुग्नुभएको थियो । यसैबीच, सर्वोच्चले उहाँको मागमा गएको शुक्रवार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस