आइबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले घट्यो

काठमाण्डौँ, २४ चैत्र । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो । जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आइतबार चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ७० रुपैयाँ कायम थियो ।
प्रकाशित मिति : २०८१ चैत्र २४ गते आइतवार