२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने रास्वपाको तयारी

काठमाडौँ, २४ चैत्र । रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वोच्च अदालत जाने तयारी थालेको छ । 

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई हिजो उच्च अदालतले उक्त आदेश बदर गर्दै थुनामा पठाएको हो । 

अदालतको आदेशसँगै लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी बुटवल पठाइएको छ । रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले लामिछानेकै सल्लाहबमोजिम सर्वोच्च जाने तयारी भइरहेको बताउनुभयो । लामिछानेमाथि राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको पनि उहाँको दाबी छ ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस