२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौँ, २४ चैत्र । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

प्रकाशित मिति : २०८१ चैत्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस