जेलेन्स्कीको गृहनगरमा रुसी हमला, १८ जनाको मृत्यु

काठमाण्डौँ, २३ चैत्र । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको गृहनगर क्रिभी रिगमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र हमलामा नौ बालबालिका सहित १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
शनिबार रातभरि आपत्कालीन कार्य सम्पन्न भएपछि दिनप्रोपेट्रोभ्स्कका क्षेत्रीय गभर्नर सर्गिय लिसाकले ६१ जना घाइते भएको बताएका छन् । क्रिभी रिगको सैन्य प्रशासनका प्रमुख ओलेक्सान्द्र भिल्कुलका अनुसार शुक्रबार बालबालिकाको खेल मैदान नजिकै आवासीय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो ।
सामाजिक सञ्जालमा अप्रमाणित भिडियोहरूमा सडकमा शवहरू रहेको देखाइएको छ भने अर्को भिडियोमा साँझको आकाशमा धुवाँको मुस्लो उठेको देखाइएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २३ गते शनिवार