सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी सहभागी नहुने

काठमाण्डौँ, २३ चैत्र । सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी नेपाल नआउने हुनु भएको छ । शनिबार थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदी नआउने जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले शुक्रबार मात्रै मोदीसँग बैंककमा भेटवार्ता गर्नु भएको थियो । सो क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठमा हुने सगरमाथा संवादमा आउन मोदीलाई निम्तो दिनु भएको थियो । तर मोदीको त्यसबेला युरोप भ्रमण तय भइसकेकाले नआउने जानकारी दिएको प्रधानमन्त्री अोलीले बताउनु भएको छ । तर, भारतबाट राम्रै स्तरको उपस्थिति हुने प्रधानमन्त्री ओलीले बताउनु भएको छ । उहाँले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको र त्यसबाट आफू खुसी रहेको बताउनु भएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २३ गते शनिवार