रास्वपाको कार्यवहाक सभापतिको जिम्मेवारी डी अर्याललाई

काठमाडौँ, २३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवहाकको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्यालले पाउनु भएको छ । उच्च अदालतको आदेशसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्यालले कार्यवहाक सभापतिको जिम्मेदवारी पाउनु भएको हो ।
सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवहाकको जिम्मेवारी शुक्रबार राति बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले अनुमोदन गरेको छ । यसअघि लामिछाने हिरासतमा हुँदा पनि अर्यालले नै कार्यवहाको जिम्मेवारी पाउनु भएको थियो । केही दिनअघि मात्रै रवि पार्टीको कार्यकारी नेतृत्वमा फर्किएका थिए ।
प्रकाशित मिति : २०८१ चैत्र २३ गते शनिवार