युनिक थापा मगरको संगीतमा नबराज थापा र अनु चौधरीको जनम जनम सार्बजनिक

काठमाडौँ, २३ चैत्र । संगीतकार युनिक थापा मगरको संगीतमा जनम जनम बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । रबिन पी क्षेत्रीको शब्द रहेको गितमा चर्चित गायक/ गायिका नबराज थापा मगर र अनु चौधरीले स्वर भरेका छन् । त्रिबेणी रेकर्डिङ्ग स्टुडियो अनामनगरमा रेकर्डिङ्ग भएको गितमा, कमल सौरागको एरेन्ज तथा राजकुमार बगरले ध्वनि सम्पादनको काम गरेका छन् । गितको म्युजिक भिडियोमा पवन सुशलिंगले भिडियो छायांकन ,सम्पादन र कलर गरेका छन् ।
आशिष गुरुङले कोरियोग्राफी , स्टोरी , निर्देशन गरेको म्युजिक भिडियोमा चाहना राना मगर , सृजना गुरुङ , गणेशमान घले , अल्बिन राना , किष्मी गुरुङ , समिक्षा शरु मगर , जेनिशा मगर , नोभी गुरुङ , उश्मिता गुरुङ लगायत अभिनय गरेका छन् । यस गितको म्यिजिक भिडियो रबिन पी क्षेत्री अफिसियल य़ूटूभ च्यानलमा सार्बजनिक गरिएको छ ।
__हेर्नुहोस उक्त गितको भिडियो __