२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

नेपाल चलचित्र निर्देशक समाजद्धारा रजत सम्मान प्रदान 

काठमान्डौं, २२ चैत । नेपाल चलचित्र निर्देशक समाजले आफ्नो २५ औं रजत वर्षको अवसरमा चलचित्र क्षेत्रमा योगदान पुर्याउनुहुने विभिन्न चलचित्रकर्मीहरुलाई सम्मान गरेको छ । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष जनकदीप पराजुलीले गर्नुभएको थियो ।

त्यस्तै समाजका महासचिव अरुण कुमार प्रधानले समाजको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । मन्त्री शाहीले उक्त अवसरमा नेपाल चलचित्र निर्देशक समाजद्धारा रजत जयन्तीको उपलक्ष्यमा प्रकाशित स्मारिकाको विमोचन गर्नुभयो । उक्त कार्यक्रममा रजत जयन्ती दीर्घ साधना सम्मान बरिष्ठ कलाकार नीर शाह, हीरा सिंह खत्री, सम्मान बरिष्ठ चलचित्र निर्देशक शम्भु प्रधान, डाइरेक्टर अफ द इएर जारी चलचित्रका निर्देशक उपेन्द्र सुब्बा, क्रिटिक अवार्ड फिडेल देवकोटा तथा रजत जयन्ती स्रष्टा सम्मान रक्षा सिंह राणा, डा. सुबोध कुमार पोख्रेल, र श्याम राईलाई प्रदान गरियो ।

चलचित्र बिकास बोर्डको हल, चावहिलमा सम्पन्न उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी.ले निर्देशक समाज र बिकास बोर्ड दुवै संस्थाको यो कार्यकालमा थुप्रै कार्यहरु भएको बताउनुभयो । कार्यक्रममा समाजलाई सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस