२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

अनधिकृत रुपमा जर्सी उत्पादन र खरिद–बिक्री गरे कारबाही अघि बढाइने, एन्फा 

काठमान्डौं, २२ चैत । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले प्रयोग गर्ने जर्सीहरु अनधिकृत रुपमा उत्पादन र बिक्री भइरहेको प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । 

एन्फाले जारी गरेको एक सार्वजनिक सूचनामा, कुनै पनि अनुमति बिना राष्ट्रिय टोलीका जर्सीहरुमा लोगो राखेर उत्पादन तथा विक्रि वितरण गर्ने कार्य गैरकानुनी भएको स्पष्ट उल्लेख गरेको छ । साथै, यस्ता अवैध गतिविधिहरु जारी रहेमा सम्बन्धित निकाय मार्फत आवश्यक कानुनी कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ । 

एन्फाले आम फुटबल प्रेमीहरुलाई अनधिकृत रुपमा उत्पादन गरिएका जर्सीहरु खरिद नगर्न अनुरोध गर्दै राष्ट्रिय टोलीको पहिचान जोगाउन सबै पक्षबाट सहयोग आवश्यक रहेको समेत बताएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस