तीन मिनेटको फरकमा पाँच रेक्टरमाथिका जाजरकोटमा दुई वटा भूकम्प

काठमान्डौं, २२ चैत । जाजरकोटमा तीन मिनेटको फरकमा दुई वटा भूकम्प गएका छन् । नेपाल भूकम्प मापन केन्द्रका अनुसार आज राति ८ः ०७ मा ५.२ म्याग्निच्युडको भूकम्प गएको तीन मिनेटमै ५.५ रेक्टरस्केलको अर्को भूकम्प गएको हो ।भूकम्पको धक्का चितवन तथा बाग्लुङसम्म महसुस गरिएको थियो ।
प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार