२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ९ सय घट्यो

काठमाण्डौँ, २२ चैत्र । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ८ सय ७० रुपैयाँ कायम भएको हो । 

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस